काठमाडौं, २७ चैत्र । पछिल्लो २४ घण्टामा नेपालभर थप चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपालभर दुई हजार सात सय ४० जनाको नमुना परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
एक हजार आठ सय जनाको पिसिआर परीक्षण गर्दा तीन जनामा र नौ सय ४० जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण देखिएको हो।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ४८ जना संक्रमित निको भएका छन्।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या पाँच सय ९२ रहेको छ।

