• ट्रेण्डिङ्ग :
वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने


  • 7.2K
    SHARES
    • बैशाख १, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने

    काठमाडौं, १ वैशाख । नेपाल वायुसेवा निगमले साउदी अरेबियामा नियमित उडान भर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राष्ट्रिय ध्वजाबाहक विमानबाट साउदी अरेबियामा नियमित उडान भर्नका लागि पहल गरेसँगै अब वायुसेवा निगमले नियमित उडान भर्ने भएको हो ।

    images

    निगमका अनुसार वैशाख ९ गतेदेखि वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले पहिलो पटक साउदी अरेबियाको रियादमा नियमित उडान गर्न लागेको हो । उक्त उडानका लागि नेपाल नागरिक उड्डययन प्राधिकरणले पनि वायुसेवा निगमलाई उडान अनुमति दिइसकेको निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले जानकारी दिए ।  

    उनका अनुसार वायुसेवा निगमले साउदी अरेबियाको रियाद, दमाम तथा जेद्दामा उडान गर्नसक्ने गरी अनुमति पाएको छ । निगमले व्यावसायिक योजनाअनुरुप काठमाडौं–रियाद–काठमाडौं सेक्टरमा नियमित उडान सुरु गर्ने भएको हो । यो रुटमा निगमले लामो समयदेखि उडानको तयारी गरे पनि अनुमति भने पाएको थिएन । मन्त्री आलेले उडान अनुमतिका लागि पहल चालेपछि अब वायुसेवाको राष्ट्रिय ध्वजाबाहक विमानले उडान भर्ने भएको हो । यसअघि हिमालय एरलाइन्सले मात्रै साउदीमा उडान अनुमति पाएको थियो ।


    तेस्रो आँखा