काठमाडौं, २ वैशाख। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक डा.टेड्रोस एड्हानोम गेहब्रेयसस नेपाल आउने भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निमन्त्रणामा टेड्रोस नेपाल आउन लागेका हुन् । स्वास्थ्य मन्त्रालयकाअनुसार वैशाख ८ नेपाल आउन लागेका हुन् ।
नेपालमा रहँदा डा. टेड्रोससहितको टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री नारायण खड्का, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ ।
