काठमाडौं, ५ वैशाख । पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
सोमबार ४ हजार ६९१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ३ हजार ६०० जनाको पिसिआर र एक हजार ९१ जनाको एन्टिजेन परीक्षण गरिएको छ।यस्तै, ३४ जना संक्रमित निको भएका छन्। अहिले देशभर ३५० सक्रिय संक्रमित छन्।
