छिमेकी देशमा कोरोना बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

छिमेकी देशमा कोरोना बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह


  • 8.2K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 12.6K Views

    छिमेकी देशमा कोरोना बढेसँगै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

    काठमाडौं, ८ वैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छिमेकी राष्ट्र भारतमा पछिल्लो दिन कोरोना संक्रमण बढ्दो क्रममा रहेको र जोखिम कायमै रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 

    images

    बिहीबार एक सूचना जारी गर्दै कोभिड(१९ को संक्रमणदर भारत लगायतका छिमेकी राष्ट्रहरुमा पछिल्ला केही दिनमा बढ्दो क्रममा रहेकोले संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जनस्वास्थ्यको मापदण्डहरुको पालना गर्न आग्रह गरेको छ ।


    मन्त्रालयले सबैले ढिला नगरी नजिकैको खोप केन्द्रमा गई कोभिडविरुद्धको खोप लगाउन र पूर्ण मात्राको खोप लगाएको ३ महिना पूरा भएपश्चात बुस्टर मात्रा खोप लगाउन आग्रह  गरेको छ ।
    भारतमा कोरोनाको चौथो लहरको संकेत देखिन थालेको बताइएको छ । एकै दिनमा संक्रमितको संख्या झन्डै ९० प्रतिशतसम्मले बढिरहेको छ ।

    भारतमा संक्रमितको संख्या एकाएक बढ्न थालेपछि राज्य सरकारहरूले फेरि आम मानिसले अपनाउनुपर्ने स्वास्थ्य मापदण्ड जारी गर्न थालेका छन् । नेपालसँग सीमा जोडिएको उत्तर प्रदेशका केही सहरमा मास्कलाई पुनः अनिवार्य गरिएको छ भने सभा, सम्मेलनमा रोक लगाइएको छ ।

    heoc.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना

  • तेस्रो आँखा
    लेखकबाट थप