२४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि


  • 5.8K
    SHARES
    • बैशाख ८, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 9.0K Views

    २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ८ वैशाख । पछिल्लो २४  घण्टामा नेपालभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    जम्मा तीन हजार पाँच सय ४७ जनाको नमुना परीक्षण गर्दा १५ जनामा कारोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    दुई हजार ८३ जनाको पिसिआर परीक्षण गर्दा १२ जनामा र एक हजार चार सय ६४ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ३२ जना संक्रमित निको भएका छन् ।

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ९८ रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप