काठमाडौं, ११ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा चार हजार दुई सय ५५ जनाको नमुना परीक्षण गर्दा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन हजार एक सय ४४ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा र एक हजार एक सय ११ जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २५ जना संक्रमित निको भएका छन् ।
हाले नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ६९ रहेको छ ।
