काठमाडौं, १३ वैशाख । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तातो हावा (लु) बाट जोगिन सबैमा आग्रह गरेको छ । गर्मीयाम बढेसँगै तराईमा तातो हावा चल्न थालेकाले मन्त्रालयले सूचना जारी गर्दै लु बाट बच्न दिउँसो सकेसम्म घरबाट बाहिर ननिस्कन आग्रह गरेको हाे ।
मन्त्रालयकाे सूचनामा बाहिर निस्कनै परे पनि पातलोे कपडाले टाउको छोप्ने वा छाता ओढ्ने, फलफूलको रस वा पानी पिउने, धेरै पसिना आएमा कहिलेकाहीँ जीवनजल पिउने, चिसो पानीले नुहाउने, खेतबारीकाे कामकाज सकभर बिहान वा बेलुका गर्ने, चिनीको मात्रा बढी भएको झोल पदार्थ बढी नपिउने, चिया, कफी, सोडाजस्ता पेयपदार्थ नपिउने भनिएको छ ।
तातो हावा लु बाट श्वासप्रश्वासमा असर पर्ने, रक्तचाप कम हुने, शरीरबाट पिसिना निस्कने, टाउको अत्यधिक दुख्ने, चक्कर लाग्ने, अचेत हुने, शरीरको तापक्रम १०४ डिग्री फरेनहाइटभन्दा बढी हुनाका साथै छाला सुक्खा, रातो र तातो हुने गर्दछ ।
