• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि


  • 9.0K
    SHARES
    • बैशाख १४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 13.8K Views

    २४ घण्टामा थप ११ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, १४ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    images

    जम्मा पाँच हजार आठ सय ९१ जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    चार हजार एक सय १९ जनाको पिसिआर परीक्षण गर्दा आठ जनामा र एक हजार सात सय ७२ जनाको एन्टीजने परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ५२ रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप