काठमाडौं, १५ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा पाँच हजार आठ सय ७५ जनाको नमुना परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चार हजार आठ सय ८२ जनाकाे पिसिआर परीक्षण गर्दा १५ जनामा र नौ सय ९३ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १८ संक्रमित निको भएका छन् ।
हाले नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ४९ रहेको छ ।
