• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि


  • 7.5K
    SHARES
    • बैशाख १७, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    २४ घण्टामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, १७ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार दुई सय १४ जनाको नमुना परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार ६६ जनाको पिसिआर परीक्षण गर्दा चार जनामा र एक हजार एक सय ४८ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमित निको भएका छन् । 

    हाले नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय ३० रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप