काठमाडौं, १८ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार दुई सय २२ जनाको नमुना परीक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार पाँच सय आठ जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा र सात सय १४ जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २७ जना संक्रमित निको भएका छन् ।
हाले नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय २१ रहेको छ ।
