सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए


  • 7.5K
    SHARES
    • बैशाख १८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 11.5K Views

    सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिए

    काठमाडौं, १८ वैशाख । कैलालीको घोडाघोडी नगरपालिका–१० पहलमानपुरस्थित तुल्सीपुर सामुदायिक वनमा दुईजना मृतावस्थामा भेटिएका छन् । आइतबार सो सामुदायिक वनमा उनीहरू मृतावस्थामा भेटिएको प्रहरीले जनाएको छ ।  

    images

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बझाङको जयपृथ्वी घर भएका २८ वर्षीय अमर जोशी र २४ वर्षीया अस्मिता सिंह मृत फेला परेको जानकारी दिए ।  

    जोशीले दोस्रो विवाह गरेर गत चैतमा बझाङबाट कैलाली आएका जनाइएको छ । प्रहरीका अनुसार उनले अस्मितासँग दोस्रो विवाह गरेका हुन् । अमर र अस्मिता केही दिन घोडाघोडी नगरपालिका–५ मा आफ्ना आफन्तको घर बसेको खुलेको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान भइरहेको जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप