प्रतितोला ८०० रुपैयाँले सुनको मूल्य घट्यो

प्रतितोला ८०० रुपैयाँले सुनको मूल्य घट्यो


  • 9.9K
    SHARES
    • बैशाख १९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 15.2K Views

    प्रतितोला ८०० रुपैयाँले सुनको मूल्य घट्यो

    काठमाडौं, १९ वैशाख । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ८०० ले घटेर रु ९८ हजार २०० तोकिएको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजारमा कारोबार भएको थियो ।

    images

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९७ हजार ७०० तोकिएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला रु ९८ हजार ५०० थियो । 

    त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर रु एक हजार २९० मा आएको महासङ्घले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८८३ डलर आसपास कारोबार भइरहेको छ । 

  • सम्बन्धित विषय:

  • # सुनचाँदी काराेवा

  • तेस्रो आँखा
    लेखकबाट थप