• ट्रेण्डिङ्ग :
२४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि


  • 9.1K
    SHARES
    • बैशाख २०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २० वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार ९४ जनाको नमुना परीक्षण गर्दा ३२ जनामा कोरोना संक्रमण देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार पाँच सय चार जनाको पिसिआर परीक्षण गर्दा २९ जनामा र एक हजार पाँच सय ९० जनाको एन्टीजने परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने २३ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या दुई सय १७ रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप