काठमााडौं, २१ वैशाख । अभिनेत्री आँचल शर्माको अभिनयको क्रममा ओठठमा घाउ भएको छ । मंगलबार एक समारोहका बीच वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको स्वर रहेको ‘एउटा सपना छ’ बोल रहेको गीतको भिडियोमा सार्वजनिक गरिएको थियो । जसमा उनको ओठमा घाउ देख्न सकिन्छ ।
कार्यक्रममा भिडियो सार्वजनिक पछि पत्रकारले भिडियोमा देखिएको उनको ओठको घाउका विषयमा जिज्ञासा राखेका थिए । जवाफमा उनले क्यारेक्टरका लागि सुटिङमै टोकी टोकी घाउ बनाएको बताइन् । ‘भिडियोमा मेरो भूमिका नातिनीको भएपनि धेरै कुराको ख्याल गर्नुपर्ने रहेछ’ उनले भनिन्–‘सुटिङमै टोकी टोकी ओठमा घाउ बनाए ।’ भिडियोमा उनले हातमा नङ पालेको समेत देखिएको छ । यस बिषयमा पनि उनले भनिन्, ‘मलाई नङ पनि पाल्नु हुँदैन भन्नेमा ध्यान गएको भए म काट्थेँ होला ।’
विशिष्ट कलाकार मदनकृष्ण श्रेष्ठको समेत अभिनय रहेको भिडियोमा आँचल नातिनीका भूमिकामा देखिएकी छन् । पुष्पन प्रधानको शब्द तथा संगीत रहेको भिडियो पुरुष र महिला भर्सनपछि कलाकार श्रेष्ठको स्वरमा लिजेन्ड भर्सनमा आएको हो । कार्यक्रममा मदनकृष्ण श्रेष्ठको ७२ औं जन्मदिन समेत सेलिब्रेसन गरिएको थियो ।
