२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि


  • 10.0K
    SHARES
    • बैशाख २१, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 15.3K Views

    २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, २१ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार आठ सय २१ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार तीन सय ७३ जनाको पिसिआर परीक्षण गर्दा १९ जनामा र एक हजार चार सय ४८ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण एक जनाको मृत्यु भएको छ भने १८ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या दुई सय १७ रहेको छ ।  

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप