• ट्रेण्डिङ्ग :
सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्याे

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्याे


  • 7.9K
    SHARES
    • बैशाख २३, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.1K Views

    सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्याे

    काठमाडौं, २३ वैशाख । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ । बिहीबार एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको सुनको मूल्य आज ९८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    images

    आज तेजावी सुनको मूल्य ९७ हजार पाँच सय रुपैयाँ तोकिएको छ । बिहिबार ९८ हजार ६ सय रुपैयाँमा छापावाल र ९८ हजार एक सय रुपैयाँमा तेजावी सुनको खरिद बिक्री भएको थियो । यस्तै, आज सेतो धातु चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटेको छ ।

    बिहीबार तोलामा १५ रुपैयाँले बढेर १३ सय ५ रुपैयाँ तोलामा खरिद बिक्री भएको चाँदीको आजको खरिद बिक्री मूल्य १२ सय ८० रुपैयाँ तोकिएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप