काठमाडौं, २६ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार दुई जनाको नमुना परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
एक हजार छ सय ९३ जनाको पिसिआर परीक्षण गर्दा छ जनामा र एक हजार तीन सय नौ जनाको एन्टीजेन परीक्षण गर्दा दुई जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १७ जना संक्रमित निको भएका छन् ।
हाल नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या एक सय ९० रहेको छ ।
