काठमाडौं, २८ वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार सात सय ८८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
तीन हजार ७० जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा र सात सय १८ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १६ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ८७ रहेको छ ।
