२४ घण्टामा २ सय ४५ जनामा कोरोना संक्रमण 

२४ घण्टामा २ सय ४५ जनामा कोरोना संक्रमण 


  • 6.8K
    SHARES
    • मंसिर १४, २०७८ मंगलबार
    • ४ बर्षs अघि
    • 10.4K Views

    २४ घण्टामा २ सय ४५ जनामा कोरोना संक्रमण 

    काठमाडौं,१४ मंसिर । पछिल्लो २४ घण्टामा नेपालमा २ सय ४५ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ४ हजार ३२९ जनामा पीसीआर परीक्षण गर्दा २४५ जनामा संक्रमण देखिएको हो ।

    images

    २ हजार १४० जनामा एन्टिजेन परीक्षण गर्दा १० जनामा संक्रमण देखिएको मन्त्रालयको सार्वजनिक तथ्यांकमा उल्लेख छ । यस्तै, २४ घण्टामा संक्रमणबाट २ जनाको मृत्यु भएको छ । नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २१ हजार ३६६ जना संक्रमित भएका    छन् । यस्तै, ८ लाख २ हजार ९०९ जना संक्रमणमुक्त भएका छन् ।

    नेपालमा कोरोना निको हुने दर ९७.७ प्रतिशत छ । हालसम्म संक्रमणबाट ११ हजार ५२६ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । हाल देशमा सक्रिय संक्रमितको संख्या ६ हजार ९३१ रहेको छ । यस्तै, ९८ जना क्वारेन्टाइनमा छन् । २४ घण्टामा २ लाख ११ हजार ५५३ जनाले खोप लगाएका छन् ।

  • सम्बन्धित विषय:

  • # कोरोना संक्रमण

  • तेस्रो आँखा