२४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि


  • 8.4K
    SHARES
    • बैशाख ३०, २०७९ शुक्रबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    २४ घण्टामा ७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं, ३० वैशाख । पछिल्लो २४ घण्टामा नेपालभर थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा एक हजार चार सय ३७ जनाको नमुना परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार एक सय ४८ जनाको पिसिआर परीक्षण गर्दा सात जनामा र दुई सय ८९ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण देखिएको हो ।

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १६ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ६४ रहेको छ ।

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमित

  • तेस्रो आँखा
    लेखकबाट थप