बालेनले चुनाव जितेमा निम्तिने २ सम्भावित परिणाम

बालेनले चुनाव जितेमा निम्तिने २ सम्भावित परिणाम


  • 42.3K
    SHARES
    • बैशाख ३१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 65.0K Views

    बालेनले चुनाव जितेमा निम्तिने २ सम्भावित परिणाम

    काठमाडाैं, ३१ वैशाख । हिजो स्थानिय तहकाे चुनाव सम्पन्न भयो। अहिलेको चुनावमा धेरै राम्रा कुरा पनि देखियो। विभिन्न क्षेत्रमा सफलता हासिल गरिसकेका व्यक्तिले स्थानिय निकायमा स्वतन्त्र उम्मेदवारी दिनुले खास अर्थ दिएको छ ।

    images

    के उनिहरुले रहरले गर्दा चुनावमा उम्मेदवारी दिएका हुन् त? पक्कै पनि होइन। यसको मुख्य कारण हो अहिलेको राजनीतिले दिएको पीडा , वितृष्णा र चोट।‌ विशेषगरि यस किसिमको आभास र भावना युवा वर्गमा प्रष्टसँग देखिएको छ । हामीलाई राजनीति भनेको फोहोरी खेल हो । राजनीति त आवारा, गुन्डाले गर्ने हो र सबै क्षेत्रमा फेल भएपछि गर्ने हो भन्ने सिकाइयो। तर वास्तवमा त राजनीतिले नै हो देश चलाउने हो । यदि देश चलाउने यस्तो महत्वपूर्ण ठाउँमा गलत व्यक्ति गएर राजनितिक शक्तिको दुरुपयोग गरेमा त्यसको मूल्य त देशले पो चुकाउनु पर्ने रहेछ । हो यस किसिमको चेतना युवा सहित सबै त्यस्ता राष्ट्रवान व्यक्तिमा आएको देखिन्छ जसले देशका लागि सच्चिकै केही राम्रा काम गर्न चाहेका छन् । यसैकारण, अहिलेको स्थानिय निकायको चुनावमा राजनिति भन्दा बाहिर रहेर बसेकाहरु र विशेषगरि युवाहरुको उल्लेखनिय उम्मेदवारी परेको देखियो। यि सबै उम्मेदवारहरु मध्य काडमाडौँ महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाह निकै चर्चामा रहे। सामाजिक सञ्जालमा त उनले चुनाव जितिसकेका छन् भन्दा पनि हुन्छ । उनको उम्मेदवारी निकै दुरगामी प्रभाव दिनेवाला छ । 

     बालेनले चुनाव जितेमा निम्तिने सम्भावित २ परिणाम यस किसिमका छन्:
    १.
     पहिला सकारात्मक कुरा गरौँ । यदि उनले चुनाव जिते र जुन प्रतिवद्धताहरु दिएका छन् ति सबै पुरा गरे या समग्रमा उनले प्रतिवद्धता जनाए अनुसार राम्रो काम गरे भने यसले सबैभन्दा धक्का अहिलेका मुलधारका पार्टीहरुलाई दिने छ। मानिसमा राम्रो सोच भिजन भएको युवाले केहि गर्न सक्छ भन्ने सोच आउने छ । विशेषगरि स्थानिय निकायको चुनाव राम्रो व्यक्तिलाई जीताउनु पर्दो रहेछ भन्ने चेत जनतामा जाग्छ । जुन तरिकाले अहिले जनताले कस्तो उम्मेदवार भन्दा पनि कुन पार्टी हो भन्ने हिसाबले भोट दिन्छन्। यो परम्परा विस्तारै कम हुँदै जानेछ। सबैभन्दा त पार्टीमा केही प्रलोभन‌मा परेर केही सानो कुराको प्राप्तिको लागि सदस्यता लिनु पर्ने स्थिति हट्दै जाने छ । अहिलेको पार्टीका कार्यकर्ताहरुलाई जसरी झोले उपनाम दिएको छ ।‌ हो यो समुहको सङ्ख्या उल्लेखनीय रुपमा घट्ने वाला छ र मतदाताले आगामी चुनावबाट राम्रो सोच भिजन भएका उमेद्वारलाई जिताउने छन् । छोटकरीमा भन्नुपर्दा झोले प्रम्परामा कमि आउने छ र मानिसहरुले आफ्नो व्यक्तिगत सोचाइका हिसाबले मतदान गर्नेछन् । 

    २. 
    अब केही नकारात्मक कुरा गरौँ । यदि उनले चुनाव जिते र जुन प्रतिवद्धताहरु दिएका छन् ति पुरा गर्न कुनै कदम चालेनन् । यहि अहिलेका पार्टीका जनप्रतिनिधिहरु जसरी चुनाव अगाडि ठुल्ठुला आश्वासन दिने र चुनावपछि कानमा तेल हालेर बस्ने, नगरको भन्दा आफ्नो व्यक्तिगत स्वार्थमा लागिपर्ने , अहिलेका पार्टी जसरी राजनितिलाई सम्पत्ति कमाउने माध्यम बनाउने र समग्रमा काडमाडौँ बासीको मतको दुरुपयोग गरे भने चाहिँ यसले निकै नराम्रो प्रभाव पार्ने छ । यदि कुनै अमुक एनजिओ आइएनजिओको या कुनै समुहको स्वार्थ‌‌ पुरा गर्नका निम्ति चुनाव लडेको भए भने चाहिँ जुन जोगी आए पनि कानै चिरेको भन्ने उखान फेरि पनि नेपाली राजनीतिमा प्रमाणित हुनेछ । जनताको राजनीति प्रति घृणा अहिलेको भन्दा पनि ज्यादा बढ्ने छ । जनतामा राजनीतिले देशलाई कहिले उभो लगाउँदैन‌ भन्ने छाप अझ बलियोसँग बस्ने छ । र फेरि पनि अहिलेको कथन राजनीति फोहोरी खेल हो र यो खेलमा‌ नैतिकता पनि हुँदैन र जवाफदेहीता पनि हुँदैन। राजनीतिमा जे गर्दा पनि हुन्छ तर जसरी भएपनि पद र शक्तिमा पुग्नु पर्यो भन्ने खालका कथनहरु दोहोरिने छन्। यिनै कारणहरुले गर्दा बालेन शाहको जितले दुरगामी प्रभाव दिनेवाला छ । 

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • कमल पुरी
    लेखकबाट थप