• ट्रेण्डिङ्ग :
बालेनको अग्रता, राजनैतिक दलमा छाएकाे तरङ्ग

बालेनको अग्रता, राजनैतिक दलमा छाएकाे तरङ्ग


  • 12.4K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 19.1K Views

    बालेनको अग्रता,  राजनैतिक दलमा छाएकाे तरङ्ग

    काठमाडाैं, १ जेठ । ३० बैशाखमा सम्पन्न भएको स्थानीय तहको निवार्चनको मत परिणामहरु कतै सार्वजनिक हुँदैछ भने कतै मत गणना हुँदैछ । सबैभन्दा चर्चामा रहेको काठमाडौँ महानगरपालिकाको मतगणना भने जारी नै छ । काठमाडौं महानगरपालिकाका उम्मेदवारहरु मध्ये युवा तथा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन)को चर्चा त हामीले केही समयअघिदेखि नै सुन्दै र पढ्दै आएका छौँ ।‌ मतगणनाको क्रममा बालेनको अग्रताले बाँकी प्रतिस्पर्धी र उनका समर्थकहरु डराएकै हुन् त ? 

    images

    बालेनले अग्रता कायम गरेसँगै सामाजिक सञ्जालमा राजनैतिक दलका समर्थकहरुको गुनासो र छटपटी त देख्न पाइन्छ नै बालेनको समर्थनमा उभिएका युवा जमात भने केही नयाँ चमत्कार हुन्छ भन्ने उत्साहले हर्षित देखिन्छन् ,चाहे त्यो सामाजिक सञ्जालमा होस्, चाहे त्यो मतगणना भइराखेको राष्ट्रिय सभागृह अगाडि नै । बालेनको अग्रताले डराएका राजनैतिक दलहरु हेर्दा भने युवा जमात खुसी हुनु स्वाभाविक हो । वर्षौँदेखि अधिकार पाउँदा पनि माखो नमार्ने दल देखेर आजीत भएका काठमाडौँवासीको लागि बालेनले जित्नु भनेको एउटा सुनौलो अवसर पनि हो । अवसरलाई कति सदुपयोग गर्छन् या गर्दैनन् त त्यो पछिको नतिजाले बताउला । 

    बालेनको सुरुवाती अग्रतामै डराएका प्रतिस्पर्धी र समर्थक हेर्दा भने बालेनको अन्तिमसम्म अग्रता कायमै रहने हो भने पदमा बसेर जिम्मेवार नहुने दलहरु प्रति एउटा गतिलो झापड हुनेछ । २/३ हजार  मत गणना गर्दा अग्रता पाउँदा नै डराएका राजनैतिक दल र समर्थक हेर्दा भने यदी बालेनको जित भयो भने उनीहरु के गर्लान् भन्ने प्रश्न उब्जाउँछ । नतिजा जे जस्तो आएपनि बालेनको अग्रताले डराउनेहरु देख्दा भने यो डर अन्तिमसम्म नै रहिरहोस् भन्ने युवा जमातको आशा छ ।‌ मतगणना निक्कै बाँकी  छ । परिणाम के आउला अहिले यसै भन्न सकिन्न । तै पनि सुरुवाती समयमा मुटुमा ढ्याङ्ग्रो ठटाउन सफल भएका छन बालेन शाह १  सधैँ राजनैतिक दलहरुलाई मात्रै विश्वास गर्छन् भन्ने सोच्नेहरुले बालेनको अग्रता देखेर बुझ्ने समय पो आएको हो कि ?

    जनता यी मुख्य धारका पार्टीहरुसँग वाक्क भैसकेको बेलामा बालेन जस्ता स्वतन्त्र र युवा उम्मेदवारले जनताको नैराश्यतालाई आशामा बदल्न सक्नेछन् भन्नेमा चाहिँ कुनै दुई मत देखिदैँन । यो मानेमा बालेन साह सफल भएकै हुन् र धन्यवादका पात्र पनि हुन् । राजनैतिक दलहरु डराउनु, त्रषित हुनु एक हिसाबले युवाहरुको जित हुनु हो । मत परिणाम जे जस्तो भएपनि यो एक सफलता हो । अब आगामी निर्वाचनमा हजारौँ बालेन प्रवृति निस्किनुपर्छ यथास्थितिवादीको ढाड सेकाउनको लागि । यदि बालेन विजयी भएमा देशभरका युवामा नयाँ जोश आउनेछ। पराजित भएमा पुरानै पुस्ता हाबी रहने र दलगतबाहेक अवस्थामा परिवर्तन सम्भव नहुने नजीर बस्नेछ। कार्यकाल सफल हुनुर नहुनु भने  त्यो अर्कै पाटो हो।

    आशा गरौँ राजनीतिक दलबाट रुष्ट काठमाडौंवासीहरुले बालेनको अग्रता अन्तिमसम्म कायमै गराउनेछन् । युवा शक्ति र युवा आवाजले मौका पाउनेछन् भने राजनैतिक दलहरुले झापड ।

  • सम्बन्धित विषय:

  • # स्थानीय तह निर्वाचन

  • करिष्मा ढकाल
    लेखकबाट थप