२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण 

२४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण 


  • 6.6K
    SHARES
    • जेठ ३, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    २४ घण्टामा थप १९ जनामा कोरोना संक्रमण 

    काठमाडौं, ३ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार एक सय ९७ जनाको नमुना परीक्षण गर्दा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    तीन हजार पाँच सय ६५ जनाको पिसिआर परीक्षण गर्दा १८ जनामा र छ सय ३२ जनाको एन्टीजेन परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १८ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ४९ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप