२४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण


  • 6.7K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    २४ घण्टामा थप ६ जनामा कोरोना संक्रमण

    काठमाडौं, ४ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार चार सय ७३ जनाको नमुना परीक्षण गर्दा छ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार आठ सय ५६ जनाको पिसिआर परीक्षण गर्दा छ जनामा र छ सय १७ जनाको एन्टीजेन परीक्षण गर्दा शून्य जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने आठ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ४७ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप