कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत पाए

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत पाए


  • 6.6K
    SHARES
    • मंसिर १५, २०७८ बुधबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले विश्वासको मत पाए

    सुर्खेत, १५ मंसिर । सत्तारुढ गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री बनेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले विश्वासको मत प्राप्त गर्नुभएको छ । आज दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शाहीले विश्वासको मत प्राप्त गर्नुभयो । प्रदेशसभा बैठकमा मुख्यमन्त्री शाहीको पक्षमा २२ मत परेको सभामुख राजबहादुर शाहीले घोषणा गर्नुभएको थियो । मुख्यमन्त्री शाहीलाई माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र राप्रपा नेपालले समर्थन गरेको थियो । 

    images

    कर्णाली प्रदेशसभामा नेपाली कांग्रेसका ६, माओवादी केन्द्र १२, नेकपा (एकीकृत समाजवादी) तीन र राप्रपा नेपालका एक जना सांसद छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद अनुपस्थित भएपछि विपक्षमा मत नै परेन । एमाले १० औं राष्ट्रिय महाधिवेशन अन्र्तगत अधिकांस सांसद चितवनबाट फर्किदै गरेकाले प्रदेशसभामा भाग लिन नसकेको एमाले संसदीय दलका नेताको भनाई छ । 

  • सम्बन्धित विषय:

  • # जित

  • तेस्रो आँखा