काठमाडौं, ६ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा दुई हजार आठ सय ७४ जनाको नमुना परीक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार तीन सय जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा र पाँच सय ७४ जनाको एन्टीजेन परीक्षण गर्दा शन्य जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा नेपालभर कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १२ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ४९ रहेको छ ।
