काठमाडाै ७ जेठ । केहि दिन यता सामाजिक संजालमा चर्चाको विषय बनेको आठ वर्ष अगाडि एउटा सौर्न्दर्य प्रतियोगितामा भाग लिएकी युवतीलाई उक्त प्रतियोगिता कै आयोजक बाट यौन दुर्ववहार गरेको भिडियो पिडित युवतीले सार्वजनिक गरेकि थिइन्। त्यो भिडियोको पुरै भाग हेर्दा मेरो आँखा बाट आशु रोक्नै सकिन। कस्तो पिडादायिक र दर्दनाक थियो उनको भिडियो तिमी सामान्य मान्छे होइनौं सुस्मिता तिमी जस्तो सहनशील र साहसिक नारी अरु को हुन सक्छ र तिमीले यति लामो समय देखि भोग्दै आएको यातना त्यो कसैले कल्पना पनि गर्न सक्दैन होला। तिमीले ढिलै भएपनि यत्रो हिम्मत गरेकी छौ निराश हुनुपर्दैन कतै मैले न्याय पाउदिन कि भनेर।
तिमीले न्याय पाउन बाट न त नेपालको यौन हिंसा सम्बन्धि एक वर्षे हदबन्दी ले रोक्छ न कुनै शक्तिले त्यो कानुन परिबर्तन गरेर भएपनि तिमीलाई न्याय दिलाउने र त्यो नरपिचास लाई सजाय दिने काम सम्पुर्ण नेपालीले सडकबाट भएपनि गर्नेछन। तिमी एक्लै छैनौं सुस्मिता यो न्यायको लडाइँमा तिमीलाई साथ दिन लाखौं युवाहरु सडक आउनेछन।यहाँ राजनीतिक दलका नेतालाई चुनावमा जिताउन र जितिसकेपछि बिजय र्यालिमा उत्रिएका झोले कर्याकर्ता मात्रै छैनन् सडकमा हिजो आज देख्यौं होला तिम्रो न्यायको लागि बालुवाटार घेर्ने युवाहरुको जमात पनि कम छैन तिमी आत्तिनु पर्दैन तिमीले जसरी पनि न्याय पाउनेछौ।
तिमी ले भोगेको यातनाको बदला लिनै पर्छ।र फेरि अर्को सुस्मिताले पनि तिमी जस्तो यातना भोग्नु पर्ने अवस्था कहिले आउनुहुदैन। तिमीले आफुलाई दोषी ठानेर कैयौं पटक हिम्मत हारेर आत्महत्या समेत गर्ने प्रयास गरेकी छौ। यसमा तिम्रो कुनै गल्ती छैन गल्ती त बरु यो हाम्रो समाजको छ जुन किसिमले हामीलाई समाजको खुम्चिएको सोचमा बाधेको हुन्छ। खै कता जाँदैछ हाम्रो समाज हिजोको दिनहरुमा नारिलाइ सृष्टिकर्ता मान्ने समाजले दुई खुट्टा टेकेको नारी देख्नै नहुने अवस्था किन आउदै छ ? अब ती नारिको हिजोको अँध्यारो बिगतलाइ उज्यालो बनाउन नसके पनि भोलिको भबिष्य सुरक्षीत बनाउन हामी एकजुट भएर आवाज निकाल्नै पर्छ।
सुस्मिता को न्यायको निम्ति सबै जना एकजुट बनौ यो अवस्थामा उनलाई हाम्रो खाचो छ हामीले उनलाई साथ दिनुपर्छ।सायद त्यो बेलामा उनले भने जस्तै अलिकति हिम्मत र साथ दिने मान्छे कोहि भईदिएको भए यतिका वर्ष सम्म नर्किय जीवन बाच्नु पर्ने अवस्था आउने थिएन होला । सुस्मिता हाम्रो समाजको एउटा पात्र मात्रै हुन यस्ता कयौं नारीहरु अझै पनि यो समाजको डरले लुकेर बसेका छन कति नभनिएका व्यथाहरु छन कति नसुनिएका कथा कति डबिएका आवाज छन कति डबाईएका आवाज यहाँ हरेक घरमा घरेलु हिंसा देखि बैबाहिक बलात्कार प्रत्येक दिन हुने गर्छ।तर पनि आफ्नो इज्जत र यो समाज कै डरले गर्दा कसैले हिम्मत गर्न सक्दैन कुरा बाहिर ल्याउने भोलि त्यहीँ समाजमा अपहेलित भएर बाच्नु पर्ने हुन्छ कि भन्ने डर सबैलाई छ।
तर पिडितलाई साथ र हौसला दिने मान्छेको आवश्यक भईरहेको हुन्छ।सुस्मितालाई पनि ति रुपको मात्र नेपाल सुन्दरीले अलिकति हिम्मत र साथ दिएको भए आजको दिन सम्म कयौंपटक मरेर बाच्नु पर्दैन थियो होला। कति कठोर र निर्दयी रहेछौं नेपाल सुन्दरी तिमीहरु तिमी पनि त नारी नै हौ सुस्मिताको ठाउँमा आफुलाई उभ्याएर हेर त तिमी अझै गर्वका साथ भन्न सक्छौ म कुनै समयको नेपाल सुन्दुरी हु भनेर ।तिमीले संचालन गर्ने टेलिभिजन कार्यक्रम मैले पनि हेर्ने गर्थे कहिलेकाहीँ तिम्रा ति मिठा शब्दहरू केवल देखावटी रहेछन।तिमी जस्तो कुरुप नारी मलाई आजभोलि अरु कुनै नारी लाग्दैन।
जव एउटा नारीले नै नारीको बेदना दुख बुझ्न सक्दैन भने किन हामीले तिमीलाई अझै पुर्व नेपाल सुन्दरी मानिरहेने। सुस्मिता लाई न्याय दिलाउनको लागि सबैले आआफ्नो ठाउँबाट आवाज उठाउन अनुरोध पनि गर्न चाहान्छु। र उमेर पुगेका र सहमतिमा होटल पुगेका जोडि समात्न उजुरी नचाहिने तर एउटा विवस किशोरी सप्रमाण रुदै मिडियामा आउँदा भने उजुरी चाहिने भन्दै आनाकानी गर्ने नेपाल प्रहरी को पनि ध्यानाकर्षण गराउन चाहान्छु।
समीर ओली
