• ट्रेण्डिङ्ग :
फिल्म ‘घनचक्कर’को रिलिज मिति घोषणा 

फिल्म ‘घनचक्कर’को रिलिज मिति घोषणा 


  • 6.8K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    फिल्म ‘घनचक्कर’को रिलिज मिति घोषणा 

    काठमाडौं ८ जेठ। सौगात मल्ल, सलोन बस्नेत र जेवी डिसीको मुख्य भूमिका रहेको फिल्म ‘घनचक्कर’को रिलिज मिति घोषणा गरिएको छ । निर्माताले शुक्रबार पोस्टर सार्वजनिक गर्दै असार १० गतेलाई रिलिज मिति तय गरेका हुन् ।

    images

    भट्ट एण्ड सन्स प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्म निर्देशक जितेन्द्र राजोपाध्याय हुन् । हरि भट्ट सूर्यनाथ प्रस्तुतकर्ता रहेको कमेडी फिल्मलाई करुणा अर्याल र संगम भट्टले निर्माण गरेका हुन् ।

    सरोज खनाल, कस्मिरा लाम, शिशिर भण्डारी, अशान्त शर्मा, इश्वरी खड्का, कृष्णभक्त महर्जन, घनश्याम जोशी, प्रभन भुषाल, जनक घर्तिमगर, दामोदर पौडल लगायतको पनि अभिनय छ ।

    सुसन प्रजापति खिचेको सिनेमामा अर्जुनसिंहको कथा, काजी लिम्बुको पटकथा तथा संवाद, अष्ट महर्जनको द्धन्द्व निर्देशन, प्रदीप श्रेष्ठ र साइमन राजवंशीको कोरियोग्राफी, विपिन आचार्य, देव कोइमी र बिजेन श्रेष्ठको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।


    तेस्रो आँखा