• ट्रेण्डिङ्ग :
असोज ७ देखि‘प्रेमगीत ३’प्रदर्शनमा

असोज ७ देखि‘प्रेमगीत ३’प्रदर्शनमा


  • 8.9K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 13.7K Views

    असोज ७ देखि‘प्रेमगीत ३’प्रदर्शनमा

    काठमाडौं,८जेठ । प्रतीक्षित नेपाली फिल्म ‘प्रेमगीत ३’को प्रदर्शन मिति घोषणा भएको छ । निर्माताले आइतबार नयाँ पोस्टर सार्वजनिक गर्दै आगामी असोज ७ गतेलाई रिलिज मिति तय गरेका हुन् ।
    दशैं छेकोमा रिलिज हुने यो फिल्मलाई लिएर दर्शकमाझ पर्खाइ छ । यही मितिमा अर्को चर्चित सिक्वेल फिल्म ‘छक्कापञ्जा ४’ समेत ल्याउने तयारी छ । तर ‘प्रेमगीत ३’ले औपचारिक रुपमै रिलिज तय गरेपछि ‘छक्कापञ्जा ४’ टिमले के गर्नेछ भन्ने कौतुहलता छ ।

    images

    असोज ७ गते डिज्नेले हलिउड फिल्म ‘अवतार’को पहिलो सिक्वेललाई समेत नेपालमा पुनः रिलिज गर्ने तयारी गरेको छ ।
    कोरोना महामारीका कारण पटकपटक प्रदर्शन मिति धकेलिएको फिल्म ‘प्रेमगीत ३’लाई सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेका हुन् ।
    प्रदीप खड्का र क्रिस्टिना गुरुङको मुख्य भूमिका रहेको यो फिल्मले प्रेम वर्जित हुने दुई फरक समाजका दुई पात्रबीचको प्रेमको काल्पनिक कथा पेश गर्छ । मल्टिस्टारर यो फिल्ममा शिव श्रेष्ठ समेत मुख्य भूमिकामा छन् ।


    तेस्रो आँखा
    लेखकबाट थप