• ट्रेण्डिङ्ग :
नेप्से परिसूचक २२ सयको बिन्दुमा झर्‍यो

नेप्से परिसूचक २२ सयको बिन्दुमा झर्‍यो


  • 7.7K
    SHARES
    • जेठ ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.9K Views

    नेप्से परिसूचक २२ सयको बिन्दुमा झर्‍यो

    काठमाडौं,९ जेठ । सेयर बजार नेप्से परिसूचक २२ सयको बिन्दुमा झरेको छ । साताको पहिलो कारोबार दिन सोमबार ३४.२१ अंकले झरेको बजार २२००.८८ बिन्दुमा झरेर रोकिएको हो । बजार घट्दा कारोबार रकम समेत खुम्चिएको छ ।

    images

    यस दिन सबै उपसमूहको मूल्य घटेर राताम्य रह्यो । सबैभन्दा धेरै वित्त, जलविद्युत्, होटेल र पर्यटन तथा जीवन बीमा कम्पनीका लगानीकर्ताले धेरै गुमाए । सोमबार कुल २२४ कम्पनीको २८ हजार ५०६ वटा कारोबारबाट ३९ लाख १७ हजार ६५५ कित्ता सेयर किनबेच भएको छ ।

    जसमा कुल कारोबार १ अर्ब ३६ करोड ९५ लाख १३ हजार १९२ रुपैयाँ बराबरको भएको छ । सोमबार गुराँस लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ६.२० प्रतिशतले बढेर ११३६.५० रुपैयाँ पुगेको छ । प्रभु लाइफ इन्स्योरेन्सको मूल्य ५.२६ प्रतिशतले बढेर ४४२.१० रुपैयाँ पुगेको छ । यस दिन मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा धेरै ५.८९ प्रतिशतले घटेर १३४० रुपैयाँमा झरेको छ । सोमबार नविल बैंकको सबैभन्दा धेरै सेयर कारोबार भएको छ ।


    तेस्रो आँखा