• ट्रेण्डिङ्ग :
टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’को ट्रेलर रिलिज

टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’को ट्रेलर रिलिज


  • 9.7K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 15.0K Views

    टम क्रुज स्टारर ‘मिसन इम्पोसिबल ७’को ट्रेलर रिलिज

    काठमाडौं, १० जेठ। टम क्रुज स्टारर प्रतीक्षित हलिउड फिल्म ‘मिसन इम्पोसिबल डेड रेकोनिङ’को अफिसियल टिजर ट्रेलर साेमबार रिलिज भएको छ ।

    images

    क्रुजकै ‘टपगन माभेरिक’ दुई सातामा नेपाली बक्स अफिसमा रिलिजको तयारीमा छ । वितरण कम्पनी प्यारामाउन्ट पिक्चर्सले मिसन इम्पोसिबल श्रृंखलाअन्तर्गत डेड रेकोनिङको पहिलो भाग टिजर ल्याएको हो ।
    एक मिसन लिएर खटिएको इथान हन्ट नामक चरित्रमा क्रुजले अभिनय गरेका छन् । छायांकनदेखि नै यो फिल्मलाई लिएर विश्व फिल्म जगतमा चर्चा छ । उनले पहाडमा मोटरसाइकल गुडाएको दृश्य चर्चामा छ ।

    मिसन इम्पोसिबलको सात र आठ श्रृंखलाको छायांकन भइसकेको छ । नेपालमा समेत टम क्रुजका एक्सन फिल्मले राम्रो कमाइ गर्ने गरेका छन् । .मिसन इम्पोसिबल ७’सन् २०२३ मा रिलिज गरिने तयारी छ ।


    तेस्रो आँखा
    लेखकबाट थप