• ट्रेण्डिङ्ग :
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित


  • 9.1K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 14.0K Views

    कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित

    काठमाडौं,१० जेठ । प्रतिनिधिसभा, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको वार्षिक प्रतिवेदन पारित भएको छ । समितिले वार्षिक रुपमा गरेका गतिविधिको प्रतिवेदनमाथि छलफल गरी पारित गरिएको समिति सचिव उदय भण्डारीले जानकारी दिए ।

    images

    बैठकमा सिक्टा, रानीजमरा र भेरी बबइ आयोजना अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदन पनि पारित भएको छ । यसैगरी वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी कार्यदलले पेश गरेको प्रतिवेदन पनि समिति बैठकमा छलफल गरी पारित गरिएको छ ।

    बैठकमा समिति सभापति पूर्णाकुमारी सुवेदी, सांसदहरु दलबहादुर राना, भूपेन्द्रबहादुर थापा, शक्तिबहादुर बस्नेत, राधा ज्ञवाली, राजबहादुर बुढा, सत्यनारायण शर्मालगायतले अध्ययन कार्यदलले पेश गरेको प्रतिवेदनमा सुझाव दिएपछी समिति बैठकले सुझावसहित प्रतिवेदन पारित गरेको हो । विसं ७७ मा कोरोना महामारी र ०७८ मा संसद् विघटनका कारण वार्षिक प्रतिवेदन बनाउन नसकिएको समितिले जनाएको छ ।


    तेस्रो आँखा
    लेखकबाट थप