२४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण 

२४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण 


  • 5.4K
    SHARES
    • जेठ १०, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण 

    काठमाडौं, १० जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार नौ सय २० जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार नौ सय ९८ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा र नौ सय २२ जनाका एन्टीजेन परीक्षण गर्दा पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ११ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितका संख्या एक सय ३३ रहेको छ । 
     

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप