काठमाडौं, १३ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा तीन हजार तीन सय ८७ जनाको नमुना परक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
दुई हजार दुई सय ३८ जनाको पिसिआर परीक्षण गर्दा आठ जनामा र एक हजार एक सय ४९ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १३ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय २४ रहेको छ ।
