२४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण


  • 8.1K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण

    काठमाडौं, १४ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप आठ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा एक हजार नौ सय १९ जनाको नमुना परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हजार एक सय १९ जनाको पिसिआर परीक्षण गर्दा पाँच जनामा र आठ सय ५० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १५ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय १४ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप