• ट्रेण्डिङ्ग :
कप्तान मार्सेलोले रियल म्याड्रिड छाड्ने

कप्तान मार्सेलोले रियल म्याड्रिड छाड्ने


  • 5.3K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.2K Views

    कप्तान मार्सेलोले रियल म्याड्रिड छाड्ने

    काठमाडौं,१५ जेठ । ब्राजिलियन डिफेन्डर मार्सेलोले स्पेनिस क्लब रियल म्याड्रिड छाड्ने घोषणा गरेका छन् । रियलले १४ औँ पटक च्याम्पियन्स लिग उपाधि जितेलगत्तै टोलीका कप्तानसमेत रहेका उनले उक्त घोषणा गरेका हुन् ।

    images

    मार्सेलो रियल म्याड्रिडका लागि सर्वाधिक उपाधि जित्ने खेलाडी हुन् । उनले स्पेनिस क्लबका लागि २५ वटा उपाधि जितेका छन् । उनी सन् २००७ यता रियल म्याड्रिडका लागि खेलिरहेका छन्। यसबीचमा उनले पाँचपटक युरोपियन च्याम्पियन्स लिग र ६ पटक ला लिगा उपाधि जितेका छन् ।

    सन् २०१८ मा क्रिस्टियानो रोनाल्डोले छाडेपछि केही धर्मराएको रियलका लागि मार्सेलोले यो सिजन ला लिगा र युरोपियन च्याम्पियन्स लिग दुवैको उपाधि जितेका छन् । त्यसअघि रोनाल्डोले लगातार तीन सिजन च्याम्पियन्स लिग उपाधि जितेलगत्तै स्पेनिस क्लबबाट बाहिरिने निर्णय लिएका थिए ।

    मार्सेलोले रियल म्याड्रिडका लागि चारपटक फिफा क्लब विश्वकप, तीनपटक युरोपियन सुपर कप, पाँचपटक स्पेनिस सुपर कप र दुईपटक कोपा डेल रेको पनि उपाधि जितेका छन् । ३४ वर्षीय यी डिफेन्डरले शनिबार राती लिभरपुललाई १९० गोलले हराउँदै उपाधि जितेपछि रियल म्याड्रिडका लागि अन्तिम सिजन भएको बताएका थिए ।


    तेस्रो आँखा
    लेखकबाट थप