२४ घणटामा थप १२ जनामा कोरोना संक्रमण

२४ घणटामा थप १२ जनामा कोरोना संक्रमण


  • 5.4K
    SHARES
    • जेठ १५, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    २४ घणटामा थप १२ जनामा कोरोना संक्रमण

    काठमाडौं, १५ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार तीन सय ५६ जनाको नमुना परीक्षण गर्दा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    दुई हजार तीन सय ६६ जनाको पिसिआर परीक्षण गर्दा नाै जनामा र नौ सय ९० जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने १३ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय १० रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप