काठमाडौं,१६ जेठ । चर्चित पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या भएको छ। अज्ञात समूहले गोली हानी उनको हत्या गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आइतबार साँझ पञ्जाबको के मानसा जिल्लाको जवाहरे गाउँमा मुसेवालामाथि गोली प्रहार भएको थियो। बीबीसी हिन्दीका अनुसर अस्पताल ल्याउनु अघि नै उनको मृत्यु भएको थियो । मुसेवालासहित तीन जनामाथि गोली प्रहार भएको थियो । गायक मुसेवालाको शरीरमा पाँचवटा गोलीको निशान भेटिएको बताइएको छ ।
बीबीसी हिन्दीका अनुसार उनको टाउको र कम्मरमुनिको भागमा गोली लागेको छ । उक्त घटनाका विषयमा अनुसन्धान भइरहेको र हत्यारा समूहको खोजी गरिरहेको पञ्जाबका मुख्यमन्त्री भगवन्त मानले ट्विटरमार्फत् बताएका छन्।
