• ट्रेण्डिङ्ग :
बजेटको मूल दिशा सही छ: कांग्रेस नेता रिजाल

बजेटको मूल दिशा सही छ: कांग्रेस नेता रिजाल


  • 7.2K
    SHARES
    • जेठ १७, २०७९ मंगलबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    बजेटको मूल दिशा सही छ: कांग्रेस नेता रिजाल

    काठमाडौं, १७ जेठ । प्रतिनिधिसभाको आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट)माथि सैद्धान्तिक छलफलमा भाग लिँदै सत्तारूढ नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले बजेटको मूल दिशा सही भएको बताएका छन् ।
     
    डा. रिजालले बजेटमा चालू र विकास खर्च चुनौतीपूर्ण भए पनि अघिल्लो सरकारको विरासतका रुपमा वैदेशिक र आन्तरिक ऋण तथा व्यापार घाटा कायम रहेको बताउँदै यसको सामनाका लागि सबै गम्भीर छलफलमा आएर आर्थिक अवस्था सुधारमा लाग्नुपर्ने खाँचो औँल्याए।
     
    उनले बजेटले कृषि क्षेत्रमा आयात बढाउने नीति लिएको, कर्मचारीको तलब वृद्धि भएको, उद्योगका क्षेत्रमा नवप्रवर्तनमा जोड दिइएको, उत्पादनमा नयाँ संरक्षणको खोजी र विदेशी लगानीका लागि नयाँ बाटो तय गरेको जनाए ।

    images

    नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलका भनाइमा जवाफ दिँदै डा. रिजालले अघिल्लो सरकारले संसद् विघटन गरेर निर्वाचन घोषणा भएको अवस्थामा संसद् बाहिरबाट ल्याएको बजेट र हालको बजेटको तुलना गर्न उपयुक्त नहुने बताउँदै भने, “हजारौँ माइलको यात्राको पहिलो कदमको थालनी गरेका छौँ तर सत्ता पक्ष र विपक्षका लागि नेपाल निर्माणका लागि कसरी सँगै जान सक्छौँ, एकापसमा गालीगलौज नगरौँ । मुलुकका लागि सोचौँ ।”


    तेस्रो आँखा
    लेखकबाट थप