• ट्रेण्डिङ्ग :
बजेट स्वागतयोग्य छ, तर कार्यान्वयन पक्ष कठिन देखिन्छ: सभापति अग्रवाल

बजेट स्वागतयोग्य छ, तर कार्यान्वयन पक्ष कठिन देखिन्छ: सभापति अग्रवाल


  • 6.6K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.1K Views

    बजेट स्वागतयोग्य छ, तर कार्यान्वयन पक्ष कठिन देखिन्छ: सभापति अग्रवाल

    काठमाडौं, १८ जेठ । नेपाल उद्योग वाणिज्य संघ (कर तथा राजस्व विभाग) का सभापति सन्दिप कुमार अग्रवालले आर्थिक वर्ष २०७९/८० को बजेट स्वागतयोग्य भएको तर कार्यान्वयन पक्ष कठिन रहेको बताएका छन् । 

    images

    बुधबार संवाद डबलिमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आगामी वर्षको बजेटले सम्पूर्ण क्षेत्रलाई समेटेको कारणले स्वागतयोग्य भएको बताएका हुन् । तर विगतका अन्य बजेटमा जस्तै यो बजेटको कार्यान्वयन पक्ष भने जटिल रहेको उनको भनाइ छ । 

    कोभिडको कारणले असर गरेको पर्यटन, सिनेमा लगायतको क्षेत्रलाई सरकारले प्राथमिकतमा राखेको भन्दै उनले बजेटको स्वागत गरे । ‘अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेको आगामि आर्थिक वर्षको बजेटमा सबैभन्दा बढी कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको पाइयो जुन निकै प्रशंसनीय रहेको छ’, उनले भने ‘खेती देखि बजारसम्म र कृषि उद्योगलाई सौहुलियत तथा छुट दिनुले कृषिलाई मजबुद बनाउने प्रयत्न गरेको छ ।’ उनले बजेट कार्यान्वयनको प्रक्रियागत प्रणालीमा सुधार गर्नुपर्नेमा जोड दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप