२४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण


  • 7.8K
    SHARES
    • जेठ १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.0K Views

    २४ घण्टामा थप १५ जनामा कोरोना संक्रमण

    काठमाडौं, १८ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा चार हजार आठ सय ४२ जनाको नमुना परीक्षण गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    तीन हजार नौ सय २९ जनाका पिसिआर परीक्षण गर्दा १२ जनामा र नौ सय १३ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनमा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने ११ जना संक्रमित निको भएका छन् ।

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या ९८ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप