भारतमा भेटियो “ओमिक्रोन” दुई जना संक्रमित

भारतमा भेटियो “ओमिक्रोन” दुई जना संक्रमित


  • 5.5K
    SHARES
    • मंसिर १६, २०७८ बिहीबार
    • ४ बर्षs अघि
    • 8.5K Views

    भारतमा भेटियो “ओमिक्रोन” दुई जना संक्रमित

    मंसिर, १६ । भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरिएन्ट संक्रमित भेटिएको छ । भारतको स्वास्थ्य मन्त्रालयले बिहीबार कर्नाटकमा २ जनामा ओमिक्रोन संक्रमित भेटिएको जनाएको छ ।

    images

    मन्त्रालयले संक्रमितहरु ६६ वर्ष र ४६ वर्षका पुरुष भएको र उनीहरुको कन्ट्याक ट्रेसिङको काम पनि भएको र अन्यको स्वास्थ्य परीक्षण पनि गरिएको जनाएको छ । भारतको गृह मन्त्रालयका सचिव लव अग्रवालका अनुसार जेनोम सिक्वेन्सिङ पत्ता लगाइएको हो । 

    संक्रमित दुवैमा कुनै गम्भिर लक्षणहरु नदेखिएको वीवीसी हिन्दीमा उल्लेख छ  । सबैभन्दा पहिले नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा यो भेरिएन्टको कोरोना पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले ओमिक्रोनलाई भेरिएन्ट अफ कन्सर्न भनेर घोषणा गरिसकेको   छ । भेरिएन्ट ठूलो संख्यामा उत्परिवर्तित भएको र तीव्र रूपमा फैलिने भन्दै सतर्क रहन संगठनले चेतावनी दिएको छ । 

    नयाँ भेरिएन्ट भारतसहित २९ वटा देशमा फैलिसकेको छ । हालसम्म ३ सय ७३ जना संक्रमित भएका छन् । अमेरिका, क्यानडा, दक्षिण अफ्रिका, बोट्सवाना, जर्मनी, इजरायल ,लण्डन, बेल्जियम आदि देशमा यो भेरिएन्ट देखा परिसकेको छ । एजेन्सी

  • सम्बन्धित विषय:

  • # कोरोना

  • तेस्रो आँखा