• ट्रेण्डिङ्ग :
अहिलेको बजेटले आर्थिक अस्थिरता ल्याउँछ : एमाले नेता ज्ञवाली

अहिलेको बजेटले आर्थिक अस्थिरता ल्याउँछ : एमाले नेता ज्ञवाली


  • 6.5K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.0K Views

    अहिलेको बजेटले आर्थिक अस्थिरता ल्याउँछ : एमाले नेता ज्ञवाली

    काठमाडौं,१९ जेठ । नेकपा एमालेका नेता प्रदीप कुमार ज्ञवालीले आर्थिक वर्ष २०७९र८० को बजेटले आर्थिक अस्थिरता ल्याउने आशंका गरेका छन् । आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको छलफलमा सहभागी हुँदै ज्ञवालीले अहिलेको बजेटले थप संकटको पुनरोत्पादन गर्ने जिकीर गरे ।

    images

    उनले भने, ‘विश्वको अर्थतन्त्रमा जुन सक हुँदैछ, त्यसलाई अबजर्भ गर्न नसक्ने र थप संकटको पुनरुत्पादन गर्ने हिसाबले आयो यो बजेट, मैले त्यस्तो अपेक्षा गरेको थिएन ।’ अर्थमन्त्री जनार्दन शर्माले जमिन नटेकिकन बजेट ल्याएको भनेर उनले आलोचना गरे । ‘यसले उत्पादन वृद्धि गर्दैन, सरकारी कोषमा पैसा हुँदैन, वितरण गर्न पुग्दैन । व्यापार घाटा घटाउँदैन,’ उनले भने ।


    तेस्रो आँखा
    लेखकबाट थप