२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण


  • 7.0K
    SHARES
    • जेठ १९, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 10.8K Views

    २४ घण्टामा थप १४ जनामा कोरोना संक्रमण

    काठमाडौं, १९ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार पाँच सय ९५ जनाको नमुना परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    एक हजार चार सय १३ जनाको पिसिआर परीक्षण गर्दा ११ जनामा र एक हजार एक सय ८२ जनाको एन्टीजेन परीक्षण गर्दा तीन जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने आठ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय एक रहेको छ । 

    19.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप