काठमाडौं, २० जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जम्मा पाँच हजार छ सय पाँच जनाको नमुना परीक्षण गर्दा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
चार हजार पाँच सय २८ जनाको पिसिआर परीक्षण गर्दा १९ जनामा र एक हजार ७७ जनाको एन्टीजेन परीक्षण गर्दा सात जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने नौ जना संक्रमित निको भएका छन् ।
हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय ११ रहेको छ ।
