२४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण


  • 6.0K
    SHARES
    • जेठ २१, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    २४ घण्टामा थप १६ जनामा कोरोना संक्रमण

    काठमाडौं, २१ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा दुई हजार एक सय ८४ जनाको नमुना परीक्षण गर्दा १६ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    नौ सय ५७ जनाको पिसिआर परीक्षण गर्दा आठ जनामा र एक हजार दुई सय २७ जनाको एन्टीजेन परीक्षण गर्दा आठ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयनका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने नौ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय १० रहेको छ ।

    21 gate.jpg

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप