काठमाडौं, २२ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७९ जनाको पीसीआर परीक्षण गर्दा नौ जनामा र एक हजार ५५ जनाको एन्टीजेन परीक्षण गर्दा चार जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट नौ जना निको भएका छन् भने हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये १०९ जना होम आइसोलेसनमा रहेका छन् भने १ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।
आइबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार चार सय ६० पुगेको छ । योसँगै नेपालमा मृत्यु हुनेको संख्या ११ हजार नौ सय ५२ पुगेको छ भने ९ लाख ६७ हजार एक सय ३७ जना संक्रमणमुक्त भएका छन् ।
