२४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण

२४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण


  • 5.6K
    SHARES
    • जेठ २३, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 8.7K Views

    २४ घण्टामा थप २१ जनामा कोरोना संक्रमण

    काठमाडौं, २३ जेठ । पछिल्लो २४ घण्टामा नेपालभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

    images

    जम्मा तीन हजार दुई सय ४८ जनाको नमुना परीक्षण गर्दा २१ जनामा कोरोना संक्रमण देखिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

    एक हाजर नौ सय ९० जनाको पिसिआर परीक्षण गर्दा सात जनामा र एक हजार दुई सय ५८ जनाको एन्टीजेन परीक्षण गर्दा १४ जनामा कोरोना संक्रमण देखिएको हो । 

    मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणको कारण कसैको मृत्यु भएको छैन भने आठ जना संक्रमित निको भएका छन् । 

    हाल नेपालभर सक्रिय कोरोना संक्रमितको संख्या एक सय नौ रहेको छ । 

  • सम्बन्धित विषय:

  • # काेराेना संक्रमण

  • तेस्रो आँखा
    लेखकबाट थप